दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रति जनविश्वास बढ्दो — OSNepal

दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रति जनविश्वास बढ्दो

LC (KTM) July 12, 2021 0

सियोल, २८ असार – दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३.१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ । मार्चपछि १८ हप्तामा उहाँप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो ‘रियलमिटर’ सर्वेक्षण रिपोर्टले देखाएको छ । राष्ट्रपति मूनको आचरणको नकारात्मक मूल्याङ्कन पहिलेको हप्ताको तुलनामा गत हप्ता ३.२ प्रतिशत अङ्कले घटेर ५४.९ प्रतिशतमा झरेको छ ।

मूनको डिमोक्र््याटिक पार्टीप्रतिको समर्थन गत हप्ता ३.३ प्रतिशतले वृद्धि भई ३२.९ प्रतिशत पुगेको छ । दक्षिण कोरियाको मुख्य प्रतिपक्षी दल, पिपल्स पावर पार्टीलाई गत हप्ता ३७.१ प्रतिशत समर्थन मिलेको छ । यो अघिल्लो हप्ताको तुलनामा ०.६ प्रतिशतले बढी हो ।अर्को दल ओपन डिमोक्र््याटिक पार्टीप्रतिलाई सात प्रतिशत मात्र समर्थन मिलेको छ भने पिपल्स पार्टीलाई छ र जस्टिस पार्टीलाई ३.५ प्रतिशत समर्थन कायम भएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर