जब २.६ केजी सुन भएको पत्थर फेला पर्‍यो — OSNepal

जब २.६ केजी सुन भएको पत्थर फेला पर्‍यो

LC (KTM) March 29, 2023 0

बीबीसी – अस्ट्रेलियामा सस्तो खालको ‘मेटल डिटेक्टर’ प्रयोग गरेर एक व्यक्तिले झन्डै १.६ लाख अमेरिकी डलर (२.४ लाख अस्ट्रेलियाली डलर; दुई करोड १० लाख नेपाली रुपैयाँ) मूल्य पर्ने काँचो सुन भएको एउटा पत्थर फेला पारेका छन्।ती भाग्यमानी व्यक्तिले आफ्नो नाम सार्वजनिक नहोस् भन्ने चाहेका छन्। उनले भिक्टोरियास्थित एउटा पुरानो सुनखानीमा काँचो सुन मिसिएको पत्थर भेटेका हुन्।

सन् १८०० को शताब्दीमा त्यहाँका खानीहरूमा सुन खोज्ने मानिसहरूको घुइँचो लाग्ने गर्थ्यो।उनले फेला परेको सुनको मूल्याङ्कन गर्ने र किन्ने व्यापारी ड्यारेन क्याम्पले आफूले ४३ वर्षको व्यावसायिक जीवनमा पहिलो पटक त्यति ठूलो पत्थरमा त्यति धेरै सुन देखेको बताएका छन्।

“म पूरै आश्चर्यचकित भएँ।…यो जीवनमा एक पटक देखा पर्ने कुरा हो,” उनले बीबीसीसँग भने।जीलङस्थित आफ्नो पसलमा ढाडमा एउटा ठूलो झोला भिरेर एक व्यक्ति आउँदा आफूले ठूलो अपेक्षा नराखेको क्याम्पले बताए।प्रायः आफूकहाँ मानिसहरू सुनजस्तो टल्किने अरू नै पदार्थ भएको पत्थर लिएर आउने गरेको क्याम्प बताउँछन्।तर उनले आफूसँग भएको पत्थर झिके र मेरो हातमा थमाउँदै सोधेः ‘के तपाँईलाई यसमा १०,००० अस्ट्रेलियाली डलर जतिको सुन छ जस्तो लाग्छ’?”

“मैले उनको अनुहारमा हेर्दै भनेँ: ‘एक लाख अस्ट्रेलियाली डलर भन्नुहोस् न’।”ती व्यक्तिले त्यसपछि त्यो पत्थर आफूले फेला पारेको पत्थरको आधा भाग मात्र भएको क्याम्पलाई बताए।उनीसँग भएको पत्थरको कुल तौल ४.६ केजी थियो र त्यसमा झन्डै २.६ केजी सुन थियो।
मूल्याङ्कन गरिसकेपछि क्याम्पले नै त्यो सुन किने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर