यसकारण ताजमहल र नटराजको मूर्ति बिर्सेर पनि घरमा राख्नु हुन्न — OSNepal

यसकारण ताजमहल र नटराजको मूर्ति बिर्सेर पनि घरमा राख्नु हुन्न

LC (KTM) March 30, 2023 0

काठमाडौँ । तपाईलाई ताजमहल, नटराजको मूर्ति, महाभारत ग्रन्थ वा तस्वीर, शंखका साथ रथ कति मन पर्छ ? मन पर्छ भनेर घरमा त राख्नु भएको छैन नी ? यदी घरमा राख्नु भएको छ भने यस्ता बस्तुहरुबाट टाढै रहनुहोला ।

यदी यस्ता चीजहरू घरमा राख्नु भएको छ भने आजै हटाउनुहोस् । ताजमहल सुन्दर कलाकारिताको नमुना र यो प्रेमको पनि प्रतीक भएता पनि ताजमहल मुमताजको चिहान भएका कारण यसबाट नकारात्मक ऊर्जा फैलिने विश्वास छ । यस्तो मृत्युको प्रतीकलाई घरमा राख्दा नकारात्मक ऊर्जा फैलिने जानकारहरु बताउँछन् ।

त्यस्तै डुब्दै गरेको जहाजको चित्र पनि घरमा राख्नुहुन्न । यस्तो चित्र वा शोपीसले तपाईंका नातेदारसँगको सम्बन्ध बिगार्छ । जसले तपाईंको सौभाग्य पनि हराएर जाने विश्वास गरिन्छ । त्यस्तै जंगली जनावरको प्रतीक पनि घरमा राख्न हुन्न ।

आजकल जनावरहरूको कुनै सुन्दर शोपीस, खेलौना र गुडिया बजारमा पाइन्छन् । हेर्दाखेरी आकर्षक लाग्ने यस्ता शोपीसले तपाईंलाई हानि गर्छन् । यस्ता चीज घरमा राख्दा घरका सदस्यको स्वभाव उग्र हुन पुग्छ ।

अनि घरमा क्लेश र हिंसा बढ्छ । त्यसकारण पनि यी चिजहरु बिर्सेर पनि घरमा राख्नु हुन्न । यी बस्तहरुको आकृतिभन्दा सबैभन्दा उत्त्सम कुरा घरमा दौडिरहेको सेतो घोडा राख्नुहोस् । जसले तपाई समृद्धि र उन्नतीतर्फ लम्काउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर