मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन — OSNepal

मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

LC (KTM) March 30, 2023 0

काठमाडौं, १६ चैत । मोदी ईनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित पर्वत जिल्लाअन्तर्गत कुश्मा नगरपालिका ३, मोदी गाउँपालिका ५, मोदी नगरपालिका २, मोदी गाउँपालिका ६ र कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि उक्त आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजीको २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको थियो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर