नेपालमा अवस्था भयाभह बनिरहँदा नेताहरु झनै गैरजिम्मेवार बनेको भन्दै हाँस्यकलाकार जितु नेपाल मुन्द्रेले गरे यस्तो ब्यग्य — OSNepal

नेपालमा अवस्था भयाभह बनिरहँदा नेताहरु झनै गैरजिम्मेवार बनेको भन्दै हाँस्यकलाकार जितु नेपाल मुन्द्रेले गरे यस्तो ब्यग्य

LC (KTM) May 14, 2021 0

कोरोनाको महामारी चलिरहेका बेला नेताहरु भने सत्ताको लुछाचुँडिमा रमाईरहेका छन् । आम जनता लाई मात्र हैन कलाकारलाई पनि नेताहरु प्रति लाटो रिस उठ्न थालेको छ ।

कुनै न कुनै सामाजिक सञ्जाल मार्फत उनीहरुले आक्रोश पोखिनै रहेका छन् । यसैक्रममा पछिल्लो पटक हास्यकलाकार जितु नेपालले आफ्नो आक्रोश नेताहरुमाथि खन्याएका छन् ।

उनले नेताहरु जनता भन्दा पनि कुर्सी र भागभण्डामा नै व्यस्त रहेको आरोप लगाएका छन् । जनता अक्सिजन नपाएर छटपटिरहदा , अस्पतालमा बेड चाहिएको बेला सरकार र नेता कुर्सीका लागि आन्तरिक झगडामा नै व्यस्त रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै जनताप्रती नेता र सरकार उत्तर दायित्व नभएको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ( जनतालाई अस्पतालमा बेड चाहिएको छ, अक्सिजन चाहीएको छ,उपचार चाहिएको छ,राहत चाहीएको छ,हौसला चाहिएको छ। सरकारलाई तारिफ चाहिएको छ,वावा चाहिएको छ, गुनगान चाहिएको छ,चाकडी चाहिएको छ।नेताहरुलाई सहमती चाहिएको छ,कुर्सी चाहीएको छ,भागबन्डा चाहीएको छ। यस्तो बिपतको बेलामा आन्तरीक झगडा,कलह,लुछाचुडी,तानातान,तछाड र मछाड छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर