आजदेखि ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला — OSNepal

आजदेखि ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला

LC (KTM) March 30, 2023 0

काठमाडौँ-सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिनुभयो । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।

व्यक्तिगतका लागि प्रति सिफ्ट रू दुई सय, मासिक रू चार हजार, त्रैमासिक रू १० हजार, प्रशिक्षणसहित प्रतिमहिना रू पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक रू १३ हजार शुल्क तोकिएको छ ।गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने रू एक करोड आम्दानी भएको प्रमुख कट्वालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर