समिक्षाको 'बर्दिबासको घाम'मा प्रथम, नग्मा , लक्ष्मी र अमर — OSNepal

समिक्षाको ‘बर्दिबासको घाम’मा प्रथम, नग्मा , लक्ष्मी र अमर

LC (KTM) March 31, 2023 0

काठमाडौं। गायिका समिक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको रोमाञ्चक अभिनय देख्न सकिन्छ ।

भिडियोले वैँशालु उमेरमा साथीभाईसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई देखाउन खोजेको छ । प्रथम क्षेत्रीको निर्देशन रहेको सार्वजनिक डान्सिगं शैलीको भिडियोलाई दर्शकले रुचाएको गायक वाङ छिरीङ भोटिया बताउँछन् ।

नरेश बीबीसीको मिक्सिङ् र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ । भिडियो रिलिज भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर