आइरन मेन’ फेम सुपरस्टार रोबर्टले चपाएको चुइङ्गम लिलामीमा — OSNepal

आइरन मेन’ फेम सुपरस्टार रोबर्टले चपाएको चुइङ्गम लिलामीमा

LC (KTM) April 02, 2023 0

लसएञ्जल्स – हलिउड फिल्म ‘आइरन मेन’ फेम सुपरस्टार रोबर्ट डाउनी जुनियरले चपाएर थुकेको चुइङ्गमलाई एक संस्थाले अनलाइन लिलामी गर्न लागेको छ । समाचारमा जनाइए अनुसार चुइङ्गमको मूल्य ४५ लाख रुपैंयाँ राखिएको छ । यो प्राथमिक मूल्य रहेकाले अन्तिम मूल्य तत्कालका लागि तोकिएको छैन ।

विश्वभर अत्याधिक फ्यान भउका ई बेमा यो चुइङ्गम लिलामी हुन लागेको हो । चुइङ्गम लिलामीमा बिक्री हुने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नै किसिमले प्रतिक्रिया दिइरहेका छन् ।

गत फेब्रुअरी १३ मा अभिनेता तथा निर्माता जोन फेवरोको लसएञ्जल्सस्थित डल्वी थिएटरमा ‘हलिउड वक अफ फेम स्टार’को अनावरण गरिएको थियो ।त्यही बेला रोबर्टले मुखबाट चुइङ्गम निकाल्दै भुइँमा टासिदिएका थिए । यो देखेका एक फ्यानले चुइङ्गमलाई भुइँबाट टिपेर लिलामीका लागि अनलाइनमा राखिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर