विरुवा पनि रुन्छन् भन्ने रहस्य पत्ता लगाए बैज्ञानिकहरुले — OSNepal

विरुवा पनि रुन्छन् भन्ने रहस्य पत्ता लगाए बैज्ञानिकहरुले

LC (KTM) April 03, 2023 0

काठमाडौँ । विरुवाहरु पनि रुन्छन् भन्दा तपाईले पत्याउनुहुन्न होला । तर वैज्ञानिकहरुले हालै बिरुवा रोएको आवाज रेकर्ड गरेको दाबी गरेका छन्।

मानिसहरू तनाव हुँदा झर्किने रूने गरेजस्तै विरुवाहरु पनि सुख्खा र चोट पुगेको अवस्थामा रुने गरेको विज्ञानिकहरुले बताएका छन् । निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्दै विरुवाहरु रुने गरेको अनुसन्धानकर्ताहरूका क्रममा पत्ता लागेको छ ।

इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका अनुसार बिरुवाहरूले माहुरीलगायत अन्य जीवहरूसँग पनि अन्तर्क्रिया गर्ने रहस्य बाहिर ल्याएका छन् । टमाटर र सुर्तीको बिरुवालाई ध्वनीरहित बाकसमा राखेर त्यहाँ माइक राखेको अवस्थामा उनीहरुले यो आवाज रेकर्ड गराएका हुन् ।

बिरुवाहरूले विभिन्न जीवहरूसँग पृथक ढंगले अन्तरक्रिया गर्ने गरेको दाबी गर्दै बैज्ञानिकहरुले बिरुवा सुख्खा हुँदा र डन्ठी काटेर चोट पुग्दा विशेष ध्वनी निकाल्ने पत्ता लगाएका हुन् । टमाटर र सुर्तीपछि अंगुरको झुप्पामा समेत यान्त्रिक विधिबाट परीक्षण गर्दा त्यस्ता ध्वनी निकालेका बिरुवाहरू या त सुख्खा थिए या त उनीहरूमा केही चोटपटक लागेको पत्ता लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर