अचम्मको रोग, जुन छालाभित्रबाट जुका हिँडिरहेको स्पष्ट देखिन्छ — OSNepal

अचम्मको रोग, जुन छालाभित्रबाट जुका हिँडिरहेको स्पष्ट देखिन्छ

LC (KTM) April 06, 2023 0

काठमाडौँ । पछिल्ला दिनमा रोगहरु पनि अचम्मका देखिन थालेका छन् । हालै एक व्यक्तिलाई छालाभित्रबाट जुका हिँडिरहेको स्पष्ट देखिने समस्या देखियो । यो अचम्मको रोग स्पेनमा देखिएको हो ।

६४ वर्षका ढल प्रशोधन गर्ने व्यक्तिलाई देखिएको रोगबारे सुरुमा त डाक्टरहरुले केही भन्न सकेनन् ।

अनुसन्धानका क्रममा यो समस्या मड्रिडस्थित युनिभर्सिटी अस्पतालका डाक्टरलाई जानकारी दिए जहाँ डाक्टरले परीक्षणपछि उनलाई गोलो जुका ९राउन्डवर्म० को गम्भीर सङ्क्रमण भएको फेला पारे ।

स्ट्रोन्गीलोइड्स स्टेरकोरालिस नाम दिइएको यो सङ्क्रमणको लक्षण खासै देखिँदैन तर यो केस भने गम्भीर थियो, डाक्टरले ती बिरामीको छाला मुनीबाट जुका हिँडिरहेको अचम्मको दृश्य देखे । ति व्यक्तिको कामको प्रकृतिले गर्दा पनि सङ्क्रमण फैलिन मद्दत पुगेको निष्कर्षमा डाक्टरहरु पुगेका छन् ।

स्पाइनल कर्ड कम्प्रेसनका लागि हर्मोन थेरापी गरेका ति व्यक्तिको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएपछि शरीरमा जुका थप फैलन थालेको अस्पतालले निष्कर्ष निकाल्यो । यस्तो खालको हाइपर इन्फेक्सन मानिसका लागि घातक हुनसक्ने अवस्थामा पनि डाक्टरले उनलाई पुर्नजीवन दिन सकेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर