माछाबारे अहिलेसम्म बाहिर नआएको यस्तो अचम्मको तथ्य बाहिरियो — OSNepal

माछाबारे अहिलेसम्म बाहिर नआएको यस्तो अचम्मको तथ्य बाहिरियो

LC (KTM) April 06, 2023 0

काठमाडौँ । माछा समुन्द्रमा कति गहिराईसम्म भेटीन्छन् ? हालै बैज्ञानिकहरुले समुद्रको ८ हजार ३३६ मिटर गहिराइमा मुनि जिनस स्युडोलिपरिस प्रजातिको स्नेलफिस माछा पौडिरहेको रहस्य पत्ता लगाएका छन् ।

जापानको दक्षिणी क्षेत्रको इजु–ओगासावारा समुद्रको ८ हजार ३३६ मिटर गहिराइमा मुनि जिनस स्युडोलिपरिस प्रजातिको स्नेलफिसजस्ता माछा पौडिरहेको भिडियो बाहिरिएसँगै बैज्ञानिकहरुको यो रहस्य बाहिर आएको हो ।

उक्त गहिराईमा अन्य कुनै माछा बाँच्न नसक्ने भएता पनि स्नेलफिस माछा यती धेरै गहिराईमा पहिलो पटक पौडीरहेको अवस्थामा फेला परेको हो ।

बिबिसीका अनुसार यी माछाहरूको जेलाटिनस शरिरले समुद्री सतहभन्दा ८०० सय गुणा बढी चाप हुने ८ किलोमिटर मूनि बाँच्न सहयोग गरेको अनुसन्धानबाट खुलेको छ । समुद्रको यति गहिराइमा माछा भेटिएको यो नै पहिलोपटक हो । यसअघि प्रशान्त महासागरको ८ हजार १७८ मिटरमा माछा पाइएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर