अचम्मका कैदी जसले दाँत माझ्ने ब्रसले जेल फोडे र भागेर रेस्टुरेन्ट गए — OSNepal

अचम्मका कैदी जसले दाँत माझ्ने ब्रसले जेल फोडे र भागेर रेस्टुरेन्ट गए

LC (KTM) April 06, 2023 0

काठमाडौँ । जेलबाट भागेका कैदी रेस्टुरेन्टमा भेटिएका छन् । खबर हो अमेरिकाको भर्जिनियाको ।

जहाँको एउटा जेलबाट फरार भएका दुई कैदी नजिकैको रेस्टुरेन्टमा भेटिएको स्थानिय प्रहरीले उल्लेख गरेको छ । उनीहरुले जेल फोड्ने क्रममा दाँत माझ्ने ब्रस र केही फलामका छडको प्रयोग गरेको समाचारमा जनाइएको छ ।

बबिसीका अन्ुसार भर्जिनियास्थित न्युपोर्ट न्युज जेलबाट ३७ र ४३ वर्षका कैदीहरू भागेका हुन्।

उनीहरू हराएको थाहा पाएपछि खोजी गर्ने क्रममा जेलको पर्खालमा प्वाल बनाएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ । प्रहरीले तत्कालै उनीहरुलाई रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर पुनः जेल लगेका छन् ।

उनीहरु , विद्युतीय ठगी र नियम उल्लंघनलगायत अभियोगमा जेल परेका थिए । रेस्टुरेन्टमा भेटिएका उनीहरुलाई अब भने फेरी जेल फोडेर भागेको अभियोगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर