जब यी पुरुषले आफ्नै पत्निलाई मिल्ने साथीसँग अनलाइनमा कुरा गर्न लगाएर लाखौँ रकम लुटे — OSNepal

जब यी पुरुषले आफ्नै पत्निलाई मिल्ने साथीसँग अनलाइनमा कुरा गर्न लगाएर लाखौँ रकम लुटे

LC (KTM) April 06, 2023 0

काठमाडौँ । तपाईले पनि अनलाइन कारोबार गर्दै आउनु भएको छ ? अनलाइनबाट भएको चिनजान, किनमेलबाट जतिबेला पनि धोका हुन सक्छ भन्ने थाहा हुँदा हुँदै पनि हामी अनलाइनकै माध्यममा अध्यस्त हुन थालेको धेरै भएको छैन । तर बेला बेलामा यो प्रविधीले नराम्रैसँग झुक्याउँदै भने आइरहेको छ ।

जसको उदाहरण बन्न हो अनलाइनकी प्रेमिका मिल्ने साथीकी श्रीमती भएको रहस्य । अनलाइन प्रेमिकासँग चिनजान गराउने साथीकी श्रीमतीले नै आफूलाई पछिल्लो एक वर्षदेखि झुक्क्याइरहेको थाहा पाएपछि चोखो माया गरेका ति प्रेमीमा के बितेको होला ? खबर हो चीनको हेनान प्रान्तस्थित छुचाङ भन्ने स्थानको । जहाँ अधबैँसे झाउलाई उनकी अनलाइन प्रेमीकाले जिन्दगीभर बिर्सीन नसक्नेगरी झस्काएका छन् ।

एक मिल्ने साथीले झाउलाई झुक्याएर आफ्नै पत्नीसँग अनलाइनमा कुरा गराइदिन्छन् । दुरीका हिसाबले झाउ र उनकी पत्नि टाढा भएको उल्लेख गर्दै उनले तत्कालै भेट नहुने भएकाले केही अप्ठ्यारो नपर्ने भन्दै उनीहरुको कुराकानी गराइदिन्छन् । तर उनले आफ्नी पत्नि नभनेर एक मिल्ने साथी हुन् ति महिला भनेर झाउलाई झुक्याउँछन् । कुराकानीका क्रममा ति महिलासँग झाउ गहिरो प्रेममा पर्दै जान्छन् ।

यही बिचमा झाउसँग ति अनलाइन प्रेमिकाले दाइको दुर्घटना भएकोले तत्कालका लागि ७३० डलर उपचार खर्च चाहिएको बताउँछिन् । उनले उक्त रकम पठाइदिन्छन् । फेरी त्यसको केही हप्तापछि उनले पुनः बुवा बिरामी भएको भन्दै पैसा मागिन् । यसरी उनले एक वर्षको अवधिमा जम्मा जम्मी ११,६५० डलर पठाए ।

यो क्रममा चलिरहेका बेला झिउलाई ति प्रेमीका अर्थात आफ्नी पत्निसँग अनलाइनमा जोडेका साथीले ति प्रेमीकासँग झुटो प्रेममा पर्दै गएको र उनी आफ्नो पतिन भएको भन्ने खबर बताएपछि झिउ छाँगाबाट खसेजस्ता हुन्छन् र कानुनी उपचारमा जाने चेतावनी दिएपछि उनीहरुले सबै रकम फिर्ता दिने सर्त राख्छन् । पछि लीले उक्त पैसा फिर्ता गर्न नसकेपछि उनले यसबारे प्रशासनलाई जानकारी दिएसँगै यो खबर विश्वभर भाइरल बन्न पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर