प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त, ६ बजे शपथ — OSNepal

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त, ६ बजे शपथ

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । अन्तत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

हिजो सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभालाई दोस्रो पटक पुर्नस्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै राष्ट्रपतिले आज देउवालाई प्रधामन्त्रीमा नियुक्त गरेकी हुन् । आज साँचm पाँच बजे सम्म प्रधानमन्त्री देउवालई नियुत्त गर्न सर्वोच्चले आदेश दिएपनि राष्ट्रपतिले देउवालाई नियुक्त गरेही हुन् ।

राष्ट्रपतिका ष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले दिएको जानकारी अनुसार प्रधानममन्त्रीमा नियुक्त गरिएको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकेको छ । आज ६ बजे राष्ट्रपति कार्यालयमा सथप खुवाउने कार्यक्रम समेत रहेको छ ।

पाँचौ पटक प्रधानमन्त्री बनेका देउवा अन्तिम पटक २०७४ सालमा प्रधानमन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर