सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को बिक्री खुला — OSNepal

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को बिक्री खुला

LC (KTM) April 09, 2023 0

काठमाडौं, २६ चैत । सिद्धार्थ क्यापिटलले आज चैत २६ गते आइतबारदेखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फन्ड बिक्री खुला गरेको छ । सिद्धार्थ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याएको छ । यो बन्दमुखी योजना हो ।

क्यापिटलले सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत १२ करोड इकाई बिक्री खुल्ला गरेको हो । जसमध्ये फन्डले १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि ५ प्रतिशत अर्थात ६० लाख सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिन्छ । सो समयमा सबै इकाई बिक्री नभएमा २०८० साल वैशाख १० गतेसम्म आवेदन खुला रहने छ ।

यस इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटल सिद्धार्थ बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर