बिहेमा हवाइ फायर गर्ने बेहुली बेपत्ता, खोजी गर्दै प्रहरी — OSNepal

बिहेमा हवाइ फायर गर्ने बेहुली बेपत्ता, खोजी गर्दै प्रहरी

LC (KTM) April 10, 2023 0

काठमाडौं – बिहेमा हवाइ फायर गरेर एक बेहुली बेपत्ता भएको बताइएको छ । दुलाहसँगै बसेकी बेहुलीले पेस्तोलबाट चार राउण्ड हवाइ फायर गरेर बेपत्ता भएको भारतिय मिडियाले उल्लेख गरेका छन् । वेपत्ता बेहुली विरुद्ध मुद्दा पनि दर्ता गरेको समचारमा जनाइएको छ ।

छेउमै बसेका एक जना युवकले स्वयम्बरपछि बेहुलीको हातमा रिभल्वर थमाउँछन् । जसबाट बेहुलीले चार राउण्ड हवाइ फायर गर्छिन् र रिभल्वर युवकको हातमा थमाउँछिन् ।

जुन भिडियो सामाजिक संजालमा भाइरल बनेपछि प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गर्ने डरले उनी वेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका धेरै ठाउँमा खुसीयाली मनाउँदा बन्दुक पड्काउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर