गधाको दुधबाट बन्छ संसारकै महंगो पनीर, यस्ता छन् फाइदै फाइदा — OSNepal

गधाको दुधबाट बन्छ संसारकै महंगो पनीर, यस्ता छन् फाइदै फाइदा

LC (KTM) April 12, 2023 0

काठमाडौ । माछा मासु नखानेको पहिलो रोजाईमा पर्ने गरेको छ पनीर मटरको तरकारी । यही पनीर प्रतिकिलो लाखौ रुपैया पर्छ भन्दा तपाई लाई अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नु किनकि लाखौ मुल्य पर्ने पनीर अरु केहीको नभएर गधाको दुधबाट बनेको पनीर । यसको मूल्य प्रतिकिलो झण्डै डेढ लाख रुपैयाँसम्म पर्दछ । डेलीमेलको रिपोर्टले जनाए अनुसार संसारकै महंगो उक्त पनीर गधाको दुधबाट बनाइएको हुन्छ ।

यो पनीर बिशेष गरेर सर्बियाको जसाविकामा तयार गरिन्छ । यसलाई त्यहाँको स्थानीयभाषा पुले भनिन्छ । १ किलो पनीर तयार गर्नका लागि करीब २५ लिटर दुधको आवश्यकता पर्दछ । गधाको पनीर पछि सबैभनदा महंगो पनीर कासियोकाभालो पोडोलिको हो । जुन एक दुर्लभ इटालियन गाईको दुधबाट उत्पादित पनीर हो । यसको मूल्य प्रतिकिलो ६३० पाउण्ड सम्म पर्दछ । उक्त फर्मले बोतलबन्ध गधाको दुधको उत्पादन पनि गर्दछ ।

इतिहास अनुसार उक्त क्षेत्रमा उत्पादन हुने गधाको दुध मिश्रकी रानी क्लियोपेट्राको सौन्दर्यको रहस्य थियो । क्लियोपेट्राले हरेक दिन गधाको दुधले नुहाउने गर्दथिन् । यो गधाको पनीर संसारका सबैभन्दा महंगा खाद्यवस्तु मध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर