प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल विस्तार, कसले कुन मन्त्री सम्हाले ? — OSNepal

प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल विस्तार, कसले कुन मन्त्री सम्हाले ?

LC (KTM) May 14, 2021 0

काठमाडौँ, ३१ वैशाख : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा ९३० बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्नुभएको छ भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ ।

विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री हुनुहुन्छ । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर