हिमालमा फोहर संकलन गर्यो नेपाली सेनाको टोलीले — OSNepal

हिमालमा फोहर संकलन गर्यो नेपाली सेनाको टोलीले

LC (KTM) April 13, 2023 0

सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेनाको टोलीले हिमालमा संकलन गरेको फोहर । अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरुबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्यका साथ नेपाली सेनाको टोली सफाई कार्यको लागि खटिएको छ ।

यो पनि : नेपालमा थपिए १०६ कोरोना संक्रमित : नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपराह्न जारी गरेको पछिल्लो २४ घण्टाको संक्रमणको अवस्थाबारेको विवरणअनुसार नेपालमा थप १०६ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा ५४१ आरटीपीसीआर र ९४७ एन्टिजेन विधिबाट गरी १ हजार ४८८ जनामा परीक्षण गरिएको थियो ।  जसमध्ये  आरटीपीआर विधिबाट परीक्षण गर्दा ६४ जना र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको विवरण अनुसार बिहीबार ४३५ जना संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर