संरक्षित वन्यजन्तु कस्तुरीको विना सहित उदय र लाल बहादुर समातिए — OSNepal

संरक्षित वन्यजन्तु कस्तुरीको विना सहित उदय र लाल बहादुर समातिए

LC (KTM) July 13, 2021 0

काठमाडौं, २९ असार-ललितपुर गोदावरी नगरपालिका(१४ ठैवबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने २५ ग्राम तौल भएको १ थान आखेटोपहार सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका(४ बस्ने ४८ वर्षीय लाल बहादुर घलान र झापा गौरीगंज गाउँपालिका(३ बस्ने ३५ वर्षीय उदय कुमार कोइराला रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार(पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर