काठमाडौं-अक्सिजनको कुनै सहारा नपाएपछि कोरोना संक्रमित पिपलको रुखमुनी बसेका छन् । घटना हो भारत उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्जको । पिपलको रुखले अक्सिजन दिन्छ भन्ने थाहा पाएपछि दुई परिवारका झन्डै आधा दर्जन संक्रमित पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बसेका हुन् ।
भारतीय जनता पार्टीका विधायक रोशनलाल बर्माले यस इलाकामा पुगेर मानिसहरुसँग भेटघाट गरेपछि जिल्ला अधिकारीहरुलाई फोन गरेर अस्पतालमा बिरामीलाई स्थानान्तरण गर्न निर्देशन दिएका छन् । यद्यपी, पिपलको रुखमुनी निकै राम्रो महसुस गरेकाले अस्पतालमा सिफ्ट हुन मन नलागेको एक संक्रमितले बताएकी छन्
। पीपलको रु खमुनी बस्दा आफुलाई धेरै आराम मिलेको र अरुले के भन्छ भन्ने मतलब नभएको संक्रमितले बताए । यसैबीच लखनऊका चिकित्सा विशेषज्ञले यसलाई शारिरीक नभएर मानसिक प्रभाव भनेका छन् । वहिन किङ जर्ज मेडिकल युनिभर्सिटीका ती डाक्टरले भने, ‘यहाँ सम्भवत ताजा हावा छ, जसले मानिसलाई सास लिन सहयोग गर्छ ।’