मेरा साथीहरु भुने र सुशान्तसँग अब कहिले भेट हुन्छ ? — OSNepal

मेरा साथीहरु भुने र सुशान्तसँग अब कहिले भेट हुन्छ ?

LC (KTM) April 16, 2023 0

आगमन सापकोटा

मेरो घर पर्वतको कुश्मा नगरपालिकामा पर्छ । म काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलमा पढ्छु । कक्षा २ को वार्षिक परिक्षा सकेर म पर्वत गएँ । घर गएको १ हप्तामा स्कुलमा रिजल्ट भयो । म मेरो कक्षामा फस्ट भएको फोनबाटै थाहा पाएँ । मेरो मामुले मेरो कक्षा शिक्षक बिनिता रेग्मी गुरुआमालाई कलमा कुरा गरेपछि म फस्ट भएको र ९७ प्रतिशत ल्याएको कुरा भन्नुभयो । म्यामले मलाई स्याबास आगमन भन्दै बधाई दिनुभयो ।

यो कुरा मलाई सबै जनालाई सुनाउन मन लाग्यो । र सबैभन्दा पहिला म मेरा साथीहरु (भुने) मायाले बोलाउने नाम ‘भुने’ र ‘सुशान्त’लाई सुनाउन गएँ । उनीहरु आफ्नो नयाँ बन्दै गरेको ढलान घर नजिकै खेल्दै रहेछन् । म खुशी हुँदै कक्षामा फस्ट भएको कुरा उनीहरुलाई सुनाए । उनीहरु पनि मसँगै खुशीले फुरुगं भएँ । हामी तीनै जना खुशी हुँदै स्ट्रबेरी बारीमा पुग्यौँ र गोजीभरीका स्ट्रबेरी बोकेर आ आफ्नो घर फक्यौँ । घर पुग्दा मेरो ड्याडी केराबारीमा जानु भएको थाहा पाए । मलाई यो कुरा ड्याडीलाई भनेर खुशी बाँड्ने मन थियो र दौडिँदै केराबारीमा पुगेँ । यस पटक गाउँ जाँदा निकै मेहेनती किशानहरु देखे ।

जसमध्ये मेरो बुढा माओलीमध्येका एक विष्णु शर्मा तिवारीले निकै ठूलो केराबारीमा काम गरेको देख्दा मलाई आनन्द आयो । एक मनले त भन्यो यही केराबारी मुनी बसेर सँधै केरा खाइरहुँ । केरामा गोडमेल गरिरहनुभएका विष्णु (मामा) मेरो साथी भुनेका हजुरबा हुनुहुन्छ । उहाँले पाकेको १ काइया केरा मलाई खान दिनुभयो र २ काइया केरा मलाई काठमाडौँ लैजाउ भन्दै दिनुभयो । जुन अलीक नपाकेका थिए । मैले भुनेको हजुरबालाई म फस्ट भएको खबर बताएँ । उँहाले शुभकामना नाती भन्नु भयो र अझै राम्रो गर भनेर हौसला थपिदिनुभयो । मैले धन्यवाद भन्दै फेरी ड्याडीलाई खोज्दै बारीमा गएँ । जहाँ मेरो हजुरआमा, ड्याडी र सुष्मा दिदीले जै घाँस काटीरहनुभएको रहेछ ।

मैले सबैका अगाडी फस्ट भएको र ९७ प्रतिशत आएको कुरा भनेपछि सबै जना खुशी हुनुभयो । आमा र सुष्मा दिदीले १ – १ जोर कपडा किनीदिने भन्नु भयो भने ड्याडीले काठमाडौँ पुगेपछि साइकल किनिदिने वचन दिनुभयो । जुन वचनले म निकै खुशी भएर घर फर्किए र साइकल किन्ने कुरा भुने र सुशान्तलाई सुनाउन पुगे । उनीहरु पनि यो खबरले खुशी भए र हामी तिनै जना उनीहरुको बन्दै गरेको ढलान घर मुनीको चौरमा फुटबल खेल्न थाल्यौँ । खेल्दा खेल्दै बल स्ट्रबेरी बारीमा पु्ग्यो । त्यसबेलासम्म साँझ झमक्क परिसकेको थियो । हामी बल लिएर आ आफ्नो घर गयौँ ।

घर गएर म फेरी शान्ती सानिमा र आमालाई फस्ट भएको कुरा सुनाउन मामाघर गएँ । वैशाख १ गते सक्राती भएकाले आमा र शान्ति सानीमाले बिहानै टिका लगाउन आउन भन्नु भयो । भोली पल्ट काठमाडौँ फर्किने तयारी भएकाले मैले मेरो झोलामा सामानहरु मिलाउन थाले ।

सामान मिलाइरहँदा भुने फेरी हाम्रो घर आए र भोली जाउ न आगमन आज बस भने । टिकट काटिसकेको छ भन्दा भुनेले बरु नाइटमा जाउ आज दिउसोभर खेलम भन्दा मलाई पटक्कै काठमाडौँ जान मन थिएन । तर पनि कक्षा ३ मा पुगिसकेको मैले जान्न भन्न मिलेन र मन नलाई नलाई सामानहरु प्याक गरे । मलाई भुने र सुशान्तसँग छुटिनुपर्दा नरमाईलो लागिरहेको थियो । मन मनै सोचे मेरा साथीहरु भुने र सुशान्तसँग अब कहिले भेट हुन्छ ?

कक्षा ३

अक्सिडेन्टल पब्लिक स्कुल

काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर