त्यस्तो खास के छ र २८ करोडमा बिक्यो यो जुत्ता ? — OSNepal

त्यस्तो खास के छ र २८ करोडमा बिक्यो यो जुत्ता ?

LC (KTM) April 17, 2023 0

काठमाडौँ । एउटा जुत्ताको जोडीलाई बढीमा कति रकम पर्ला ? ५० हजार ? १ लाख वा २ लाख ? तर विश्वविख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले लगाएको जुत्ता २२ लाख डलर ९२८ करोड ८३ लाख रुपैयाँ० मा बिक्री भएको छ। खबर गएको मंगलबारको हो ।

कालो र रातो रंगको सो जुत्ता जोर्डनले सन् १९९८ मा एबीए फाइनलमा लगाएका थिए। त्यस खेलमा जोर्डनले बुल्सका लागि ३७ अंक बनाएका थिए। त्यही जुत्ता मंगलबार लिलामीमा २२ लाख डलरमा बिक्री भएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । जुन जुत्ता लिलामीमा महंगोमा बिक्री भएको यो नै पहिलो उदाहरण हो ।

अमेरिकी फाइनआर्टस् कम्पनी सथबीजले यो जुत्ता लिलामीमा राखेपछि यसको थप चर्चा भएको थियो । यसअघि र्‍यापर कान्ये वेस्टले लगाएको नाइकी एयर यीजी वानएस जुत्ता २३ करोडमा बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर