यी हुन् ५०० दिन ननुहाउने महिला ? किन डेढ वर्षसम्म ननुहाई बसिन् त यी महिला ? — OSNepal

यी हुन् ५०० दिन ननुहाउने महिला ? किन डेढ वर्षसम्म ननुहाई बसिन् त यी महिला ?

LC (KTM) April 17, 2023 0

काठमाडौँ । बाहिरी दुनियाँको सम्पर्कमा नआई तपाईले लगातार गुफामा बसेर कति दिन बिताउन सक्नुहुन्छ ? बढीमा १ दिन, १ हप्ता या १ महिना ? स्पेनकी एक्ट्रिम एथलेट ५० वर्षीया बियाट्रिज फ्लामिनी गुफामा ५०० दिन बिताएर बाहिर निस्किएकी छिन् ।

मड्रिडकी बासिन्दा फ्लामिनी सन् २०२१ को नोभेम्बर २१ मा गुफा पसेपछि ५ सय दिन बिताएर गुफाबाट गत शुक्रबार मात्रै निस्किएकी थिइन्। उनले गुफाभित्र बिताएको समय ‘अतुलनीय’ भएको बताएकी छिन् । साढे एक वर्षसम्म शान्त नै रहेर बाहिर निस्किँदा आँफु २०२१ मा नै भएको भन्दै उनले यो अवधीमा कसैसँग नभई म आफैँसँग कुराकानी गरेँ। संचारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले डेढ वर्ष अर्थात ५ सय दिनसम्म ननुहाएको रहस्य पनि खोलीन् ।

४८ वर्षको उमेरमा गुफा पसेकी उनी ५० वर्षकी हुँदा गुफाबाट निस्किँदा चित्र बनाउने, टोपीहरू बुन्ने गरेको रहस्य खोलीन् । यो अवधीमा उनले ६० वटा पुस्तक समेत पढेको बताइन् । उनी मनोविद्हरू, अनुसन्धानकर्ता र गुफाको अध्ययन गर्ने विशेषज्ञहरूको निगरानीमा थिइन्। तर त्यहाँ रहुन्जेल उनलाई कुनै पनि विज्ञको सम्पर्क गरेका थिएनन्। उनी गुफाबाट निस्किँदै गर्दाको भिडियो समेत बाहिर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर