एक फाइल, एक हजार — OSNepal

एक फाइल, एक हजार

LC (KTM) April 19, 2023 0

काठमाडौं । करिब ३ लाखबढी कम्पनीहरूको नियमन, अद्यावधिकदेखि नयाँ कम्पनी दर्तासम्मको काम हुने कम्पनी रजिस्टर्डको कार्यालय, त्रिपुरेश्वर घुस लिने दिने थलो बन्न पुगेको छ ।कम्पनी रजिस्टर्डको कार्यालय त्रिपुरेश्वरमा कुनै पनि सामान्य काम सम्पन्न गर्न पनि कर्मचारीलाई कमिसन बुझाउनुपर्ने बाध्यता रहेको छ ।

कर्मचारीलाई अतिरिक्त शुल्क ‘घुस’ बुझाउने बिचौलियाको क्षणभरमा नै काम हुने गरेको छ भने अतिरिक्त शुल्क नबुझाउनेले एक सातापछि मात्रै पालो पाउने गरेका छन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

एक सातापछि पालो पाए पनि एक ठाउँबाट अर्को ठाउँमा फाइल अघि बढाउन दिन बिराएर मात्रै काम गर्ने गरेका समेत पाइएको छ । तर, बिचौलियाको भने एकै दिनमा काम हुने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर