नागिनकी यि अभिनेत्रीको ३ वटा आलिसान घर र घुम्नका लागि सुबिधायुक्त गाडीहरु — OSNepal

नागिनकी यि अभिनेत्रीको ३ वटा आलिसान घर र घुम्नका लागि सुबिधायुक्त गाडीहरु

LC (KTM) April 19, 2023 0

तेजस्वी प्रकाश टिभीकी ठूला स्टार हुन् । नागिन अभिनेत्रीसँग बस्नका लागि ३ वटा आलिशान घर र लक्जरी गाडी छन्, जससँगै उनी घुम्न रुचाउँछिन् । अभिनेत्री तेजस्वी प्रकाश आजकल रोहित शेट्टीको फिल्म ‘स्कूल कलेज आनी लाइफ’ लाई लिएर चर्चामा छिन् । नायिका अहिले चर्चित टिभी अभिनेत्री बनेकी छिन् । उनले बिग बोस सिजन १५ बाट यो लोकप्रियता हासिल गरेकि हुन् ।

बिग बोसको बिजेता बनेकी तेजस्वीले यतिबेला नागिन बनेर फ्यानलाई मनोरञ्जन दिइरहेकि छन् । यदी उनको स्टारडमको कुरा गर्ने हो भने अभिनेत्री यतिबेला हरेक घरमा चर्चित छिन्, अभिनेत्री सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । रिपोर्टका अनुसार तेजस्वीले इन्स्टामा प्रायोजित पोस्टका लागि करिब १५ लाख रुपैयाँ शुल्क लिन्छिन् ।तेजस्वीको जीवन विलासिताले भरिएको छ ।

नायिकासँग ३ वटा आलिशान घर छन्, अभिनेत्री तेजस्वीको एउटा घर मुम्बईमा र अर्को गोवामा छ । अभिनेत्रीको मुम्बईमा एउटा घर छ जहाँ उनी २५ वर्षदेखि बस्दै आएकी छिन् भने उनले केही समयअघि गोवामा सम्पत्ति किनेकि छन् ।तेजस्वीको दुबईमा पनि विलासी घर छ । तेजस्वीले प्रेमी करण कुन्द्रासँग मिलेर यो घर किनेकि हुन् ।तेजस्वी र करण कुन्द्राको यो घरको मूल्य करिब २ करोड भारु रहेको छ ।

यो घर भित्रबाट धेरै सुन्दर छ। यसको भित्री भागमा सेतो र कालो रंग मात्र प्रयोग गरिएको छ ।तेजस्वी प्रकाशलाई लक्जरी कार पनि निकै मन पर्छ । त्यसैले उनले केही समयअघि अडी क्यु फोर किनेकी थिईन् । बिग बोस जितेपछि उनले यो कार लिएकी थिइन्, तेजस्वीको यो कारको मूल्य एक करोड भारु रहेको छ । यस बाहेक तेजश्विरसँग अर्को लक्जरी कार छ, जुन कालो रंगको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर