आज ५०० रुपैयाँले घट्यो सुनको भाउ — OSNepal

आज ५०० रुपैयाँले घट्यो सुनको भाउ

LC (KTM) April 20, 2023 0

काठमाडौं, ७ वैशाख । नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।  यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार चाँदीको तोला  १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर