एनआईसी एसिया बैंकको तेस्रो त्रैमाससम्मकाे अपरिष्कृत विवरण प्रकाशित — OSNepal

एनआईसी एसिया बैंकको तेस्रो त्रैमाससम्मकाे अपरिष्कृत विवरण प्रकाशित

LC (KTM) April 20, 2023 0

काठमाडौं, ७ वैशाख । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकका अनुसार बैंकको खुद नाफा बढेको र बैंकको खुद नाफा  ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । खुद नाफा बढ्नुको मूख्य कारण खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्नुमा देखिन्छ।  

बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद ब्याज आम्दानी बढेको, सञ्चालन मुनाफा बढेको, वितरणयोग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ, खराब कर्जाको अनुपात(एनपीएल) ०.८५ (पहिले ०.५१  ),  प्रतिसेयर आम्दानी(इपीएस) ४६ रुपैयाँ २९ पैसा (बढेको, ४ रुपैया ३५ पैसा), मूल्य आम्दानी अनुपात १५.४४ गुणा, प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा, चुक्ता पूँजी ११ अर्ब ५६ करोड, जगेडा कोष १७ अर्ब २१ करोड रुपैयारहेको बैंकले जनाएको छ । 

गत वर्ष भने यस अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर