कामका लागि नेपाल आउने विदेशी बढे — OSNepal

कामका लागि नेपाल आउने विदेशी बढे

LC (KTM) April 21, 2023 0

काठमाडौं । कोरोना संक्रमणपछि रोजगारीका लागि नेपाल आउने विदेशी नागरिक बढेका छन् । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या बढेको हो ।

नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिने विदेशीको संख्या वृद्धि भएर १ हजार ७७४ पुगेको छ । अघिल्लो वर्ष नविकरण र नयाँ गरेर १ हजार ५ सय ७६ ले नेपालमा काम गर्न अनुमति लिएका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालमा काम गर्ने चाहाना राखेर श्रम स्वीकृति लिने विदेशीको संख्या १२ प्रतिशतले बढेको हो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर