दोल्ती पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदै — OSNepal

दोल्ती पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदै

LC (KTM) April 21, 2023 0

काठमाडौं, ८ वैशाख । दोल्ती पावर कम्पनीको आईपिओ आज बाँडफाँट हुँदैछ ।

कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ । यस कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार यसको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ । यस आईपिओमा गोलाप्रथाबाट आईपिओ बाँडफाँट हुनेछ । यस आईपिओमा मागभन्दा ११.६० गुणा बढी आवेदन परेको छ ।

यस आईपिओमा १३ लाख ३९ हजार ४४० जनाले कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २७ हजार १८६ जनाले मात्र सेयर हात पार्नेछन् । जसअनुसार बाँकी ११ लाख ४४ हजार ६७५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले जारी गरेको आईपिओमा प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो । यस मध्ये सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता छुट्याइएको थियो भने १ लाख ७ हजार २९८ कित्ता  सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर