अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो, अन्य देशको कति छ आज मूल्य ? — OSNepal

अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो, अन्य देशको कति छ आज मूल्य ?

LC (KTM) April 23, 2023 0

काठमाडौं, १० वैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  ।अमेरिकी डलरको भाउ आइतबार घटेको छ । शुक्रबार १३ पैसाले घटेको अमेरिकी डलर आइतबार ९ पैसाले घटेको हो । आइतबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ७४ पैसा कायमम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरो ४९ पैसाले घटेको छ । आइतबार युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा कायम गरिएको छ। शुक्रबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको थियो।

आइतबार बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९२ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६३ रुपैयाँ १५ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा कायम गरिएको छ ।
आइतबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २४ पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर