मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल — OSNepal

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

LC (KTM) April 23, 2023 0

काठमाडौं, १० वैशाख । प्रभु क्यापिटलमार्फत मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ । यस कम्पनीले केही समय पहिले मात्रै आईपीओ जारी गरेको हो ।

वैशाख ८ गते सेयर रजिष्ट्रारको काम गर्न यि कम्पनीबीच सम्झौता भएको हो । सम्झौतामा अध्यक्ष हिमाल गुरुङ हाइड्रोपावरको तर्फबाट र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।

कम्पनीका अनुसार अब प्रभु क्यापिटलले सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर