अनार खाँदा हृदयघातको खतरालाई कम गर्न सकिन्छ, स्तन क्यान्सरबाट बच्न  सकिन्छ — OSNepal

अनार खाँदा हृदयघातको खतरालाई कम गर्न सकिन्छ, स्तन क्यान्सरबाट बच्न  सकिन्छ

LC (KTM) April 24, 2023 0

काठमाडौं- अनार स्वादका लागि मात्र नभई स्वास्थक लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वास्थका लागि निकै नै लाभदायिक मानिन्छ । आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् । त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ ।

स्तन क्यान्सरबाट बच्न अनार उपयोगी हुन्छ । अनारले एन्जाइमको असर ध्वस्त पार्छ र क्यान्सरबाट जोगाउँछ । अनि अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ । अनारको बोक्रालाई घाममा सुकाएर त्यसको धूलो बनाएर अनुहारमा दल्नुस् । यसले मृत त्वचा अनि डण्डीफोरहरू हटाइदिन्छ ।

तर अनारको जुस बिरामी र स्वास्थ्यको दृष्टिले बढी प्रभावकारी र लाभकारी मानिन्छ। तर खासगरि अनारको जुसले तौल घटाउनमा मद्दत गर्दछ ।नियमित रुपमा अनारको जुस सेवन गर्नाले शरीरमा रक्त सञ्चालन प्रक्रियालाई ठिक गर्दछ ।अनारले रगतमा आयरनको कमि हुन दिदैन् । जसले गर्दा एनीमिया जस्ता रोगहरुबाट छुट्कारा दिलाउँछ । अनार सेवन गर्नुका यस्ता धेरै प्रकारका फाइदाहरु छन् । लामो उमेर र धेरै उर्जावान रहनका लागि नियमित रुपमा अनारको सेवन गर्नुलाई निकै लाभदायक मानिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर