गर्मीमा कफी कति पिउने ? — OSNepal

गर्मीमा कफी कति पिउने ?

LC (KTM) April 25, 2023 0

कतिपयले कफीलाई स्वास्थ्यका लागि हानिकारक ठान्छन् भने कतिपयले यसलाई स्वस्थ पेय मान्छन् । गर्मी मौसममा हरेक कफी प्रेमीको मनमा यो प्रश्न आउँछ कि गर्मीमा कफी पिउनु फाइदाजनक हो कि हानिकारक ? स्वास्थ्य विज्ञहरूका अनुसार कफीमा क्याफिन पाइन्छ, जसका कारण बारम्बार शौचालय जानुपर्ने हुन्छ ।

बारम्बार शौचालय जाँदा शरीरमा पानीको मात्रा कम हुन्छ र डिहाइड्रेसन हुन सक्छ। विज्ञहरू भन्छन् कि यदि कफी सीमित मात्रामा पिउने हो भने यो तपाईको लागि स्वस्थ साबित हुन सक्छ। गर्मी मौसममा कफीको सेवन गर्न सकिने विज्ञहरु बताउँछन् । तर, कति मात्रामा कफी पिउनु उचित हुन्छ भन्ने कुरा तपाईलाई थाहा हुनुपर्छ ।

यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएका अनुसार एक स्वस्थ व्यक्तिले दिनमा ४०० मिलीग्राम कफी लगभग ४ देखि ५ कप भन्दा बढी पिउनु हुँदैन। दैनिक कति कप कफी पिउने भन्ने कुरा मानिसको मेटाबोलिक दरमा भर पर्छ।गर्मीमा कफी पिउन सकिन्छ । तर, यसलाई सीमित मात्रामा सेवन गर्नु राम्रो हुन्छ । किनभने कफीको अत्याधिक सेवनले शरीरलाई हानि पुर्याउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर