आज अमेरिकी डलरकाे भाउ घट्दा युराेकाे बढ्याे — OSNepal

आज अमेरिकी डलरकाे भाउ घट्दा युराेकाे बढ्याे

LC (KTM) April 27, 2023 0

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । अमेरिकी डलरको भाउ २४ पैसाले घटेको छ । बिहिबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा कायम गरिएको छ । यसअघि बुधबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३७ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो १२ पैसाले बढेको छ । बिहिबार युरो एकको खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। बुधबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ७३ पैसा कायम गरिएको थियो।

बिहिबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६३ रुपैयाँ १ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३२ पैसाले बढेको हो । बुधबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ १८ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९६ रुपैयाँ २० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

बिहिबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।  बिहिबार मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा बिहिबार ४२६ रुपैयाँ २२ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १८ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ८३ पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर