मोडल सनम कठायतलाई पुत्रीलाभ (फोटोफिचर) — OSNepal

मोडल सनम कठायतलाई पुत्रीलाभ (फोटोफिचर)

LC (KTM) April 27, 2023 0

काठमाडौँ । मोडल सनम कठायत र बैँकर अस्मिता खनाललाई पुत्रीलाभ भएको छ । अस्मिताले बुधबार राती १० बजेर ५० मिनेट जाँदा पाटन हस्पिटलमा छोरीलाई जन्म दिएकी हुन् । मोडल कठायतका अनुसार आमा र छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ५ वर्षदेखिको प्रेम सम्बन्धलाई यो जोडीले २ वर्ष अघि विबाहमा परिणत गरेको थियो ।

अर्घाखाँचीकी स्थायी बासिन्दा तथा हाल बुटवल निवासी बैँकर अस्मिता खनालसँग लगनगाँठो कसेका कठायतकी फ्यान हुन् अस्मिता । सनमका म्यूजिक भिडियो अत्यन्तै मन परेपछि साथी हुँदै नजिकिएकी थिइन् अस्मिता । अस्मिता राजधानीको एनआईसी एशिया बैँकमा कार्यरत छिन् ।

यो जोडीले सामाजिक परम्परा अनुसार परिवारको सहमतिमा नै विबाह गरेको थियो । जो जोडीले आफ्नो पहिलो बवर्षगाँठको अवसरमा अभिनय गरेको प्रेमिल म्युजिक भिडियो मुटु मेरो तिमि संगै छ देख्न सकिन्छ । जुन टिकटकमा पनि चर्चामा नै रहेको छ ।

मोडल कठायतका अन्त माया लाको भए, भूपू माया दुई, किन मरिन म, दोष, लगायत सैयौँ गीतहरु बजारमा आइसकेका छन् । दर्जनौँ हिट गीतका मोडल कठायत वैशाख १ गते नयाँ वर्षको दिनमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट जनसेवाश्री पदकबाट विभूषित भएका थिए । त्यस्तै उनी गत हप्ता मात्रै हिमालयन अन्तराष्ट्रिय अवार्डमा परराष्ट्रमन्त्री एनपी साउदको हातबाट हिमालयन कला दशक अभिनय सम्मानबाट सम्मानित भएका थिए ।
दशकौंदेखि अभिनय क्षेत्रमा सक्रिय लोकप्रिय मोडल/ कलाकार सनम एक जन स्वास्थ्य अफिसर ( मेडिकल माइक्रोबायोजिस्ट ) समेत हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर