जुम्लाको सफलतासँगै गायक सुनिल गिरीले ल्याए 'घुम्तीमा जुधेको आँखा', मिरुना र रोशनको अभिनयको चर्चा — OSNepal

जुम्लाको सफलतासँगै गायक सुनिल गिरीले ल्याए ‘घुम्तीमा जुधेको आँखा’, मिरुना र रोशनको अभिनयको चर्चा

LC (KTM) April 28, 2023 0

काठमाडौँ । गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो रिलिज गरिएको छ । गायक स्वयमकै शब्द तथा संगीतमा तयार गीत मकवानपुर र गायक गिरीकै गृहजिल्ला तनहुँमा ३ दिन लगाएर छायांकन गरिएको हो ।

कला संस्कृति र मौलिक पहिचानलाई आफ्ना भिडियोमा देखाउँदै नयाँ र रमणीय स्थानमा पुगेर भिडियो छायांकन गर्न माहिर गायक सुनिलले आफ्नो पछिल्लो सालैजो गीतमा पनि मौलिकतालाई उठान गरेका छन् । नायिका मिरुना मगर र मोडल रोशन केसीको बेजोड अभिनय रहेको भिडियोमा गायक स्वयम पनि देखिएका छन् । मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको खुबै चर्चा भएको थियो ।

रोमान्टिक शैलीमा तायर पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो । जसलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । मनोज कार्कीको सम्पादन तथा कलरिगं, कृष्ण बिक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयमले गरेका हुन् ।

गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडियो सुनिल गिरी अफिसियलबाट सार्वजनिक गरिएको हो । गायक गिरीका यसअघि को होला त्यो, आँखा जुधाउने, सोल्टिनी, को होला त्यो फिमेल भर्सन, मसला, जुम्ला, लगायतका दर्जनौँ गीतहरु बजारमा आइसकेका छन् । जसमध्ये अधिकांश गीतहरु करोड क्लबमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर