देउवालाई ढुक्क हुनुहोस ‘हामी तपाईंलाई विश्वासको मत दिन्छौँ भन्दै बचन दिए माधव नेपालले' — OSNepal

देउवालाई ढुक्क हुनुहोस ‘हामी तपाईंलाई विश्वासको मत दिन्छौँ भन्दै बचन दिए माधव नेपालले’

LC (KTM) July 15, 2021 0

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विश्वासको मत दिने बचन दिएका छन् ।

बुधबार नेपालकै निवास कोटेश्वरमा भेटवार्ताका लागि पुगेका प्रधानमन्त्री देउवालाई नेता नेपालले यस्तो बचन दिएका हुन् । देउवालाई ढुक्क हुन नेता नेपालले भनेको बताइएको छ ।

ढुक्क हुनुस्, हामी तपाईलाई विश्वासको मत दिन्छौं भनेर नेपालले भनेको बताइएको छ । विश्वासको मत आफ्नो समूहले दिने बताउँदै प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचाररहित बनाउन र जनभावनाअनुसार काम गर्न सुझाव नेता नेपालले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर