जनमोर्चाको निर्णय : देउवालाई विश्वासको मत दिने तर सरकारमा नजाने — OSNepal

जनमोर्चाको निर्णय : देउवालाई विश्वासको मत दिने तर सरकारमा नजाने

LC (KTM) July 15, 2021 0

काठमाडौं-राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। तर सरकारमा भने सहभागी नहुने निर्णय भएको भएको बताइएको छ । ‘सरकारलाई विश्वासको मत दिने र गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने निर्णय रहेको बताइएको छ ।

केपी शर्मा ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ। देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ। देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ भन्दै जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेका छन् ।जनमोर्चामा प्रतिनिधि सभामा दुर्गा पौडेलले मात्र सासंद छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर