नेपालकी शन्नी शाहीले जितिन् मिसेस युनिभर्समा लोयल अवार्ड — OSNepal

नेपालकी शन्नी शाहीले जितिन् मिसेस युनिभर्समा लोयल अवार्ड

LC (KTM) May 01, 2023 0

काठमाडौं, १७ बैशाख -हाल बेलायतमा बस्दै आएकी मिसेस नेपाल युनिभर्स शन्नी शाहीले अन्तराष्ट्रिय ब्युटी पेजेन्टमा सफलता हाँसिल गरेकी छिन् । केही महिना अघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि उनी हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी भएकी थिईन् ।विवाहित महिलाहरुको सोही अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा यी सुन्दरीले ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी हुन् ।

उनी नेपालको प्रतिनिधित्व गर्दै सो सौन्दर्य प्रतियोगितामा सहभागी भएकी हुन् । ४० औं मिसेस युनिभर्स २०२२ मा १२० देशका महिलाहरु प्रतिस्पर्धामा उत्रिएका थिए । बिजेता सहित एक दर्जन उपाधि थिए । जसमा नेपालकी शन्नीले ‘मिसेस युनिभर्स लोयल २०२२’को टाईटल जितेकी हुन् । मिसेसहरुबाट नेपालले यतीठुलो उपाधि जितेको यो नै पहिलो भएको उनको कथन छ ।बेलायतबाटै उनले मिसेस युनिभर्स २०२२ मा सहभागी हुने अबसर पाईन्,‘शिर्ष उपाधि नै जित्ने तयारीका साथ म प्रतिस्पर्धामा उत्रिएको थिएँ । शिर्ष नभए पनि एउटा टाईटल मिसेस युनिभर्स लोयल २०२२ जितेकी छु र नेपाललाई मिसेस युनिभर्सको स्टेजमा चिनाएकी छु ।’ शन्नीले भनिन् ।

अन्तराष्ट्रिय उपाधि चुमेपछि बेलायतबाट यतिबेला काठमाडौं आएकी उनी नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलबाट सम्मानित पनि भएकी छिन् ।
लन्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा १७ जनालाई उछिनेर शन्नीले शिर्ष उपाधि जितेकी थिईन् । अहिले भने मिसेस युनिभर्समा ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि चुमेकी हुन् । काठमाडौंको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन् । उनको लन्डनमा व्युटी सम्बन्धि व्यबसाय छ । दुई छोरीकी आमा शन्नी विवाह पछि पनि महिलाहरुले आफुले चाहेको सफलता हाँसिल गर्न सक्छन भन्छिन् । उनी आफु मनोविज्ञानको विज्ञ भएकाले उनले मानसिक स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर