चार महिनामा आए ३ लाख २६ हजार पर्यटक, अप्रिलमा मात्र ९८ हजार ७ सय ७३ — OSNepal

चार महिनामा आए ३ लाख २६ हजार पर्यटक, अप्रिलमा मात्र ९८ हजार ७ सय ७३

LC (KTM) May 02, 2023 0

काठमाडौं । सन् २०२३ को ४ महिना (अप्रिल) मा ९८ हजार ७ सय ९३ जनाले नेपाल भ्रमण गरेका छन् । मार्च महिनामा ९९ हजार ४ सय २६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा आउने पर्यटक कोभिड – १९ पछिकै सबैभन्दा धेरै थियो ।

कोभिड–१९ को ३ वर्ष पछि एक लाखको हाराहारीमा पहिलो पटक पर्यटक आगमन भएको थियो । कोभिड–१९ पछि सबै भन्दा बढी पर्यटक आगमन भएको सन् २०२२ को अक्टोबरमा ८८ हजार ५ सय ८२ थियो ।

जनवरीमा ५५ हजार ७४, फेब्रअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६ र अप्रिलमा ९८ हजार ७ सय ९३ पर्यटक गरी सन् २०२३ को पछिल्लो ४ महिनामा ३ लाख २६ हजार ५ सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन् २०२२ को अप्रिलमा ६१ हजार ५ सय ८९ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ को सोही महिनामा २२ हजार ७ सय ३२, सन् २०२० मा कोभिडको समयमा १४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा १ लाख ९ हजार ३ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर