मेट गालामा बिरालोको चर्चा — OSNepal

मेट गालामा बिरालोको चर्चा

LC (KTM) May 02, 2023 0

न्यूयोर्क, १९ वैशाख । मेट गाला इभेन्ट विश्वका जोकोही सेलिब्रेटीका लागि विशेष रहन्छ । यो इभेन्टमा सेलिब्रेटीहरु फरक शैलीमा आफूलाई प्रस्तुत गर्छन् । कोही विशेष लुक्स लिएर पुग्छन् भने कसैको लुक्स दर्शकका लागि मजाकको विषय बन्छ ।

यो इभेन्टमा कैयौं सेलिब्रेटीहरु बिरालोको पहिरन लगाएर पनि आउँछन् । दिवंगत फेशन डिजाइनर कार्ल लेगरफेल्ड विश्व प्रख्यात फेसन डिजाइनर हुन् । उनलाई मानिसहरुले फरक डिजाइनका कारण सम्झन्छन् । उनले घरमा चौपट नामको बिरालो पालेका छन् । यो बिरालो आफ्नै जीवनशैलीका कारण सधैं चर्चामा रहिरहन्छ ।

चौपट विश्वभरका लोकप्रिय पाल्तु जनावरमध्ये एक हो । यो बिरालो भए पनि यसको निजी जेट, डिजाइन पहिरन र निजी सहयोगी छन् । साामाजिक सञ्जालमा चौपटको फ्यान फलोइङ उत्तिकै राम्रो छ । इन्स्टाग्राममा चौपटको आफ्नो भेरिफाइट एकाउन्ट पनि छ । जहाँ उनको १९० के फलोअर्स छन् । यो एकाउन्टमा हालसम्म ५४७ पोस्ट छन् ।

कार्ल चौपटलाई निकै माया गर्थे । सन् २०१९ मा कार्लको ८५ वर्षको उमेरमा निधन हुँदा यसबारे आधिकारिक जानकारी चौपटको सामाजिक सञ्जालबाट दिइएको थियो । जसमा कालो पहिरन लगाएर चौपटको तस्वव्ीर पनि राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर