बिबाह बन्धनमा बाँधिन लागेका अभिनेत्री परिणीति चोपडा र साँसद राघव आइपीएल म्याच हेर्न साथै पुगे स्टेडियम — OSNepal

बिबाह बन्धनमा बाँधिन लागेका अभिनेत्री परिणीति चोपडा र साँसद राघव आइपीएल म्याच हेर्न साथै पुगे स्टेडियम

LC (KTM) May 04, 2023 0

बलिउडकी चर्चित अभिनेत्री परिणीति चोपडाको नाम लामो समयदेखि चर्चामा छ । परिणीति चोपडा आम आदमी पार्टी ९आप० का सांसद राघव चड्ढालाई लिएर धेरै हेडलाइन्स बनाइरहेकी छिन्। यसैबीच, परिणीति चोपडाको पछिल्लो तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा परिणीति राघवसँग मोहालीमा भएको आईपीएल ९आईपीएल १६० म्याचको मजा लिइरहेको देखिन्छ ।

लामो समयदेखि परिणिती चोपडा र राघव चड्डाको नाम लगातार चर्चामा छ । यसैबीच, पछिल्लो तस्विरले फेरि एकपटक परिणीति र राघवलाई चर्चामा ल्याएको छ। सामाजिक सञ्जाल ट्विटरमा परिणीति चोपडा र राघव चड्ढाको पछिल्लो तस्विर सार्वजनिक भएको छ । जसमा परिणिती चोपडा र आम आदमी पार्टीका नेता राघव मोहाली क्रिकेट स्टेडियममा देखिएका छन् ।

आईपीएल २०२३ को समयमा, पञ्जाब किंग्स र मुम्बई इन्डियन्स बीचको खेल हेर्न बुधबार मोहालीमा परिणिती चोपडा र राघव चड्डा आएका छन्। परिणीति र राघवलाई फेरि एकसाथ देखेपछि सामाजिक सञ्जालमा उनीहरुको डेटिङको चर्चा बढेको छ । यससँगै यी नयाँ तस्विरहरु पनि भाइरल भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर