सबै फिल्मलाई पछि पार्दै अल्लु अर्जुनको पुष्पा २ , अडियो राइट्स मात्रै ६५ करोडमा बिक्री — OSNepal

सबै फिल्मलाई पछि पार्दै अल्लु अर्जुनको पुष्पा २ , अडियो राइट्स मात्रै ६५ करोडमा बिक्री

LC (KTM) May 04, 2023 0

यदि साउथ सिनेमाका दिग्गज कलाकारहरुको कुरा गर्ने हो भने अल्लु अर्जुनको नाम पक्कै आउनेछ । अल्लु अर्जनको आगामी फिल्म ‘पुष्पा २’ को सबैले आतुरताका साथ प्रतिक्षा गरिरहेका छन् । यस फिल्मको बारेमा प्रायः कुनै न कुनै अपडेटहरू निरन्तर बाहिर आइरहेका छन्। यसैबीच, अल्लु अर्जुनको ‘पुष्पा २–द रुल’ ले अडियो राइट्समार्फत राम्रो कमाइ गरिसकेको खबर छ ।

यति मात्र होइन, यस मामिलामा ‘पुष्पा २’ ले ‘आरआरआर’ र ‘बाहुबली २’ जस्ता ब्लकबस्टर फिल्मलाई पनि पछाडि छोडेको छ । हालै निर्देशक सुकुमारको फिल्म ‘पुष्पा २’ को अडियो अधिकार चर्को मूल्यमा बिक्री भएको खबर बाहिर आएको छ । सियासतको समाचार अनुसार ‘पुष्पा २’ को अडियो अधिकार ६५ करोड रुपैयाँमा बिक्री भएको छ । योसँगै ‘पुष्पा २’ साउथ सिनेमाको पहिलो फिल्म बनेको छ, जसको म्युजिक राइट्स यति महँगोमा बेचिएको छ ।

रिपोर्ट अनुसार साउथ सिनेमाका दिग्गज फिल्म निर्माता एसएसए राजामौलीको ब्लकबस्टर फिल्म ‘बाहुबली २’ र ‘आरआरआर’ को अडियो अधिकार करिब १० करोडदेखि २५ करोडमा बिक्रि भएको थियो । यस्तो अवस्थामा ‘पुष्पा २’ ले रिलिज हुनुअघि नै आफ्नो जादू देखाएको र यो फिल्म रिलिजपछि पनि धमाका हुने अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर