यि मेयर , जसले आँफुले चढ्ने गाडी नै एम्बुलेन्स बनाएर कोरोनाका बिरामीलाई बोक्न प्रयोगमा ल्याए — OSNepal

यि मेयर , जसले आँफुले चढ्ने गाडी नै एम्बुलेन्स बनाएर कोरोनाका बिरामीलाई बोक्न प्रयोगमा ल्याए

LC (KTM) May 08, 2021 0

नेपालमा दैनिक कोरोना संक्रमण बड्न थालेपछि सबैले आ आफ्नो तर्फबाट सकेको सहयोग र मद्धत गर्न थालेका छन् । यहि प्रभाव जनप्रतिनिधिमा समेत परेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन ।

कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को१झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको मेयर पराजुलले बताएका छन ।

शुक्रबार विज्ञप्ति प्रकासित गरी मेयर पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाएका छन ।

“तोकिएका सवारी साधन प्रयोग गर्न महानगर कार्यालय अथवा हाम्रो सचिवालयमा सम्पर्क गर्न सकिने छ । यो संकटको घडीमा हामी आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने पनि जानकारी गराउँदछौं” पराजुलीले प्रकासित गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन । “थोरै भएपनि सहयोग गर्ने उद्देश्यले म एउटा राजनीतिक कार्यकर्ता र जनसेवक भएको हिसाबले सहयोग गरेको हुँ” विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर