तिलाठी कोइलाडीमा मोटरसाइकलको ठक्करबाट सरयोगको मृ त्यु — OSNepal

तिलाठी कोइलाडीमा मोटरसाइकलको ठक्करबाट सरयोगको मृ त्यु

LC (KTM) July 15, 2021 0

राजविराज, ३१ असार- तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृ त्यु भएको छ ।मृत्यु हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् । स४प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार राय नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

हल्दिबारीमा खुला व्यायामशाला-‘गाउँवासीको स्वस्थ जीवन प्रवद्र्धन’ अभियानअन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु १५ लाख र जनसहभागिताबाट रु तीन लाख ६५ हजारका लागतमा तयार गरिएको सो व्यायामशालामा आधुनिक उपकरण छन् ।

सङ्घीय सांसद राजेन्द्र लिङ्देनले बुधबार व्यायामशालाको शुभारम्भ गर्नुभएको थियो । यसअघि अर्जुनधारा नगरपालिकाले शहीद स्मृति उद्यानमा र कनकाई नगरपालिकाले समेत व्यायामशाला निर्माण गरेका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर