रिलिज पुर्व नै हंगामा मच्चाएको द केरला स्टोरीका बारेमा अभिनेत्री कंगनाको बिबादाष्पद भनाई सार्वजनिक — OSNepal

रिलिज पुर्व नै हंगामा मच्चाएको द केरला स्टोरीका बारेमा अभिनेत्री कंगनाको बिबादाष्पद भनाई सार्वजनिक

LC (KTM) May 06, 2023 0

सबै विवादका बीच ‘द केरला स्टोरी’ आज सिनेमाघरमा रिलिज भएको छ । चलचित्रको टिजर रिलिजसँगै राजनीतिक खिचातानीमा फसेको भएपनि अहिले यो चलचित्रले दर्शकको मनमा डेरा जमाएर बसेको छ । चलचित्रको निकै प्रशंसा भइरहेको छ । केरला स्टोरीले केरलाबाट कथित रूपमा हराएका ३२ हजार हिन्दू केटीहरूको कथा देखाएको छ, जसलाई पहिले ब्रेन वाश गरी धर्म परिवर्तन गरियो र पछि आतंकवादी संगठनहरूलाई सुम्पियो, जसले धेरै हंगामा मच्चायो।

फिल्म रिलिज भएको पक्कै भएपनि यसको विवाद भने रोकिएको छैन । नेतादेखि अभिनेता सम्म हरेक दिन यस विषयमा बयान दिइरहेका छन् । अब बलिउडकी बोल्ड गर्ल कंगना रनौत यो विवादमा फसेकी छिन् । उनले फिल्मको बारेमा आफ्नो अडान राखेकि छन् । कंगनाले फिल्मको बिरूद्ध बोल्नेहरुको आलोचना गरेकी छिन् । एक कार्यक्रममा कंगना रनौतलाई चलिरहेको विवादमा उनको धारणा सोधिएको थियो ।

त्यसैले उनले भनिन्– ‘हेर्नुहोस्, मैले फिल्म हेरेकी छैन, तर फिल्मलाई प्रतिबन्ध लगाउन धेरै प्रयास भएको छ । उच्च अदालतले फिल्मलाई प्रतिबन्ध लगाउन नसकिने भनेको छ । मलाई लाग्छ कि यो चलचित्रमा आइएसआइएस भन्दा नराम्रो कसैलाई देखिदैन, हैनरुु कंगनाले थप भनिन्, ‘यदि देशको सबैभन्दा जिम्मेवार संस्थाले यसरी कुरा गरिरहेको छ भने उनीहरु सही हुन् । आइएसआइएस एउटा आतंकवादी संगठन हो र मैले मात्रै उनीहरूलाई आतंकवादी भनेको होइन।

हाम्रो देश, गृहमन्त्रालय र अन्य देशले पनि यही कुरा बताउनुभएको छ । यदि तपाईलाई यो आतंकवादी संगठन होइन भन्ने लाग्छ भने तपाई पनि आतंकवादी हो भन्ने स्पष्ट छ । कंगना त्यहीँ रोकिएनन् उनले भनिन्, ‘यदि तपाईलाई कानुनी र नैतिक रुपमा आतंकवादी घोषित गरिएपछि आतंकवादी संगठन आतंकवादी होइन भन्ने लाग्छ भने तपाई फिल्मभन्दा ठूलो समस्या हुनुहुन्छ । तपाईंले जीवनमा कहाँ खडा हुनुहुन्छ भनेर तपाईंले सोच्नुपर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर