कञ्चनपुरमा भाञ्जाको कुटपिटबाट मामाको मृत्यु — OSNepal

कञ्चनपुरमा भाञ्जाको कुटपिटबाट मामाको मृत्यु

LC (KTM) July 15, 2021 0

कञ्चनपुर, ३१ असार – भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृ त्यु भएको छ । आपसी विवादमा भाञ्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर