के आयो त सृजनाको पोस्टमार्टम रिपोर्ट? वडा-अध्यक्षलाई गाउँलेले घेरेपछि आए मिडियामा (भिडियो सहित) — OSNepal

के आयो त सृजनाको पोस्टमार्टम रिपोर्ट? वडा-अध्यक्षलाई गाउँलेले घेरेपछि आए मिडियामा (भिडियो सहित)

LC (KTM) July 15, 2021 0

झापा- झापाको बिर्तामोडमा आज बिहान घरको अगाडि अर्धनग्न अवस्थामा शव फेला परेकी युवतीको घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तको घरमा डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको श व अर्धनग्न अवस्थामा फेला परेको हो । परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भित्रि कपडा मात्रै भेटिएको थियो। कम्मरदेखि मुनिको भागमा कपडा तल सरेको प्रत्यक्षदर्शीले जनाए ।

बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ। युवती त्यही कोठको मुनी फेला परेकी थिइन । घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ । सहकारीमा संकलकको रुपमा कार्यरत बस्नेतको श व हेर्दा रहस्यमय पाइएको छ ।

आफु सुत्ने कोठबाट हाम्फलिन भन्दा उनको शरिरमा कसरी चोट लाग्यो ? अर्धनग्न कसरी भइन् ? फेरि सबैतिरबाट चावी लगाउँदा घरमा को–कसरी प्रवेश गर्यो भन्दै स्थानियले आक्रोशित हुँदै नाराबाजि नै गर्दै विरोध जनाएपछि त्यही घरबाट बुबाले आएर हामीले चेली गुमायौं अब अरु कसैका चेली गुमाउनु नपरोस भन्दै छोरी घरबाट खसेर म  रेको बताउँदै अब चु प लाग्नुस भनेपछि एकाएक माहोल तातिएको छ ।

निकै आ क्रोशित स्थानियहरू अघि बढेपछि प्रहरीलाई रोक्न मुस्किल पर्यो । स्थानीयलाई रोक्न खोज्दा ढुङ्गा हा न्न थालेपछि प्रहरीले ला ठीचार्ज समेत गर्यो ।  वडा अध्यक्षलाई स्थानियले घेरेपछि माहोल नै अर्कै बन्यो । तिनै वडा अध्यक्षअहिले मिडियामा आएका छन । के आयो त पोस्टमार्टम रिपोर्ट ? उनले सुरूदेखि आजसम्मको सम्पूर्ण कूरा यसरी सुनाए तलको भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर