‘नाइँ नभन्नु ल ६’ सुपर फ्ल्पभएपछि सिंगापुर हानिएकी आँचल यसरी खुलिन् — OSNepal

‘नाइँ नभन्नु ल ६’ सुपर फ्ल्पभएपछि सिंगापुर हानिएकी आँचल यसरी खुलिन्

LC (KTM) May 10, 2023 0

काठमाडौं । अभिनेत्री आँचल शर्मा यति बेला सिंगापुरमा मस्ती गरिरहेकी छन् । नाइँ नभन्नु ल ६ मा मुख्य भुमिकामा अनिनय गरेकी उनी फिल्म असफल भएपछि सिंगापुर हानिएकी हुन् । यो फिल्मको चौथो श्रृंखलाबाट अभिनय गरेपछि चर्चामा आएकी उनलाई रिलिज भएको फिल्मको छैटौं श्रृंखलाले स्तब्ध तुल्यायो ।

यो सन्दर्भमा आँचल घुमघाम गर्न सिंगापुर पुगेकी छन् । सिंगापुरको समुन्द्री तटमा मज्जाले खुलेकी छन् ।सिंगापुरको समुन्द्री तटबाट आकर्षक तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘लहरजस्तै रहिरहुन् बेबी ।’ उनको सिंगापुरको होलिडे सेलिब्रेसन र इन्स्टाग्राम स्टाटस नाइँ नभन्नु ल ६ रिलिजपछिको परिस्थितिसँग अर्थपूर्ण छ ।

रातो रङको स्वीमसुटमा उनी हट देखिएकी छन् ।‘नाइँ नभन्नु ल ६’ घरेलु बक्स अफिसमा २५ लाख रुपैयाँ ग्रसमा समेटियो । फिल्मले व्यावसायिक रुपमा आफूलाई स्थापित तुल्याउन सकेन । कुनैबेलाको हिट ब्राण्डको सिक्वेल हुनुको फाइदा पनि यो फिल्मले लिन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर